अवकाश प्राप्त प्रधान अध्यापिका मिनु प्रधानको निधन

खरसाङ : खरसाङको देवकोटा प्राथमिक पाठशालाकी भूतपूर्व प्रधान अध्यापिका तथा खरसाङ हाट बजार, डोको लाइन निवासी मिनु प्रधानको निधन भएको छ। तिनी विगत दुई वर्षदेखि क्यान्सर सम्बन्धी रोगले ग्रस्त थिइन्। उपचारकै क्रममा बुधवार तिनको निधन भएपछि आज तिनको अन्तिम संस्कार गरियो। तिनले गत दुई वर्ष अघि मात्र विद्यालयबाट अवकास ग्रहण गरेकी थिइन्। गुरूमा मिनु प्रधानको निधनमा खरसाङका सम्पूर्ण प्राथमिक पाठशालाका शिक्षक-शिक्षिकाहरूले गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। शिक्षिका सबिता गजमेरले जानकारी गराए अनुसार खरसाङ सर्कलका प्राय: सबै भूतपूर्व एवम् वर्तमान शिक्षक-शिक्षिकाहरूले तिनकै घरमा गएर श्रद्धाञ्जली अर्पण गरे। खुबै मिलनसार, कर्व्यपरायण अनि हाँसिलो मुहारकी गुरूमा प्रधानको निधनले सबै शिक्षक-शिक्षिकाहरू स्तब्ध बनेको बताउँदै तिनको निधनले परिवारलाई पर्न गएको यो बज्रघात सहन गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी कामना गरिएको तथा शोकित परिवारप्रति हार्दिक समवेदना रहेको पनि जनाएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *