अवकाश प्राप्त दुई शिक्षक लगायत मेधावी छात्रा स्वप्ना मुण्डालाई सम्वर्द्धना

सिलगढी : पश्चिमबंग तृणमूल माध्यमिक शिक्षक समितिको तर्फबाट नरसिंह विद्यापीठका अवकाश प्राप्त दुईजना शिक्षक लगायत खोरीबारीकी छात्रा स्वप्ना मुण्डालाई सम्वर्द्धना जनाइयो। प्राप्त जानकारीअनुसार नरसिंह विद्यापीठका प्रधानाध्यापक अमर सरकार र सहायक शिक्षक नरेश रायलाई हिजो एउटा कार्यक्रमबीच सम्वर्द्धना जनाइयो। द्वय शिक्षक पश्चिमबंग तृणमूल माध्यमिक शिक्षक समितिका सक्रिय सदस्य तथा नेता हुन्। अर्कोतिर, यस कार्यक्रममा खोरीबारीकी छात्रा स्वप्ना मुण्डालाई पनि सम्वर्द्धना जनाइयो। नेट परीक्षामा उत्कृष्ट परिणाम पाएपछि तिनले उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा एमबीबीएस गरिरहेकी छन्। सिलगढी संलग्न शिव मन्दिरमा शिक्षकहरूको तर्फबाट तिनलाई 10 हजार रुपियाँ, उत्तर बंगाल विश्वविद्यालयका प्रोफेसर एमएन रायले 5 हजार रुपियाँ अनि बाघडुग्रा कलेजका प्रोफेसर जन तिर्कीले कम्बल प्रदान गरेको बताइएको छ। संगठनका सदस्यहरूले भविष्यमा स्वप्नालाई हर सम्भव सहयोग गर्ने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *