अवकाशप्राप्त पुलिस कर्मीको घरमा चोरी

सिलगढी : अवकाशप्राप्त पुलिस कर्मीको घरमा चोरीको घटना घटेको छ। सिलगढी संलग्न ठाकुरनगर निवासी अवकाशप्राप्त पुलिस कर्मी सुधीर नन्दी स्वास्नीको उपचारको लागि कलकत्ता गएका थिए। घरमा कोही नभएको फाइदा उठाएर केही दुष्कृतिहरूले तिनको घरको दैलोमा लगाएको ताला भत्काएर घरभित्र प्रवेश गरेपछि आलमारी भत्काएर नगद रुपियाँ, सुनको बहुमूल्य गर-गहना सहित अन्य सामग्रीहरू चोरी गरेको बताइएको छ। आज बिहान सुधीर नन्दीको आफन्तमा तिनको घरमा जाँदा चोरी भएको बारे थाहा पाएपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *