अवकाशप्राप्त पुस्तकालय अध्यक्ष हेमचन्द्र राईलाई विदाई तथा सम्मान

सिटोङ: खरसाङ पुस्तकालय कर्मचारी समुहले अवकाशप्राप्त पुस्तकालय अध्यक्ष हेमचन्द्र राईलाई एउटा कार्यक्रम अवधि सिटोङ १ मा विदाई तथा सम्मान जनायो। दावा रुम्बाको अध्यक्षता तथा असिम छेत्रीको सञ्चालनमा सम्पन्न समारोहमा खरसाङ महकुमा पुस्तकालय अध्यक्ष विनय लामाले स्वागत सम्बोधन राख्दै प्रशस्ती पत्र पठन गरे । पुस्तकालय कर्मचारी जयकुमार सुब्बा, दोर्जे शेर्पा, प्रदीप राई तथा विदायी अध्यक्षका पत्नी विशिष्ठ अतिथिको रुपमा उपस्थित रहेको कार्यक्रम सिटोङका युवा गायक मुकुल तामाङले आफ्नो प्रस्तुति दिए। कर्मचारीहरूको पक्षमा पूर्व पुस्तकालय अध्यक्ष राई अनि उनकी पत्नीलाई स्मृतिचिन्ह, प्रशस्ती पत्र, अङगबस्त्र समारोह अध्यक्ष, प्रमुख अतिथि तथा आयोजक समितिले प्रदान गरे। समारोहमा आफ्नो विचार साझा गर्दै विदायी राईले आफुले कर्मबाट अवकाश लिएको तर हामीमाझको सम्बन्ध प्रगाढ़ बनाइराख्न बाँचुञ्जेलसम्म पुस्तकालय कर्मचारीको साथमा रहने बताए। आफुबाट हुनसक्ने कुनै पनि सहयोग पुऱ्याउन आफु सँधै तत्पर रहने मनसाय व्यक्त गर्दै यस घड़ी कर्मबाट विदाइ लिएपछिको यो क्षणले भने आफुलाई भित्रबाट दुखाएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *