अवकाशप्राप्त शिक्षक र शिक्षाकर्मी अर्गेनाइजेशनको सम्मेलन

धुपगुढी : अवकाशप्राप्त शिक्षक र शिक्षाकर्मी अर्गनाइजेशनको 18औँ सम्मेलन धुपगुढी हाई स्कुलमा आज सम्पन्न भयो। उक्त संगठनका अध्यक्षले संगठनको झण्डा फहराएर कार्यक्रमको शुभारम्भ गरे। यस सम्मेलनमा संगठनका पूर्व सचिवले नयाँ कमिटी गठन गर्नेबारे जानकारी गराए। धुपगुढी ब्लकको विभिन्न ठाउँहरूबाट धेरै संख्यामा अवकाशप्राप्त शिक्षक र शिक्षाकर्मीहरूले उक्त सम्मेलनमा अंश ग्रहण गरेका थिए। आजको सम्मेलनमा एसिस्टेन्ट ट्रेजरी अफिसर दीपक कुमार सरकार, सहकारी ट्रेजरी म्यानेजर हराधन राय, संगठनका अध्यक्ष जगदीश चन्द्र बर्मन, सचिव मुशरफ हुसेन एवम् कोषाध्यक्ष वीरेन्द्रनाथ राय उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *