अवकाशप्राप्त शिक्षण कर्मचारी कल्याण संघको सभा सम्पन्न

मिरिक: मिरिक अवकाशप्राप्त शिक्षण कर्मचारी कल्याण संघको सभा मिरिक उच्च माध्यमिक विद्यालयका भूतपूर्व प्रधान अध्यापक बीएन शर्माको अध्यक्षतामा सम्पन्न भयो। सभामा सांङ्गठनिक गतिविधिमाथि चर्चा गर्दै सचिव डीआर बम्जनले राखेका प्रस्तावहरूमाथि व्यापक छलफल गरियो। मिरिकका भूतपूर्व शिक्षण कर्मचारीहरूको पेन्सन पट्टा खरसाङ दार्जीलिङको राजकोषबाट मिरिक महकुमाको राजकोषमा स्थान्तरण गरिने जसको लागि खरसाङ राज कोषाध्यक्षबाट पूर्ण सहयोगको आश्वासन पाएको सो सभामा वक्ताहरूले बताए। संगठनको कोषमा वृद्धि गर्ने अनि प्रत्येक वर्ष संगठनका सदस्यहरू सपरिवार तीर्थ भ्रमणमा जाने निर्णय लिएको बताइएको छ। सभाले भविष्यमा अवकाशप्राप्त गर्ने शिक्षण कर्मचारीहरूलाई आफ्नो सेवा पुस्तिकामा कोषको नाम मिरिक नै लेखिदिने अनुरोध गर्दै संगठनको भावी कार्यक्रमहरूबारे व्यापक-चर्चा गरिएको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *