अवकाश प्राप्त शिक्षिका प्रणिता राईलाई दिइयो विदाई

मङ्पु : मङ्पु सरस्वती उच्चत्तर माध्यमिक विद्यालयका अवकाशप्राप्त शिक्षिका प्रणिता राईलाई आज एउटा भव्य कार्यक्रमबीच स्कुलको पक्षबाट विदाई दिइयो। स्कुलकै भवनमा भूतपूर्व प्रधान अध्यापक एनबी छेत्रीको अध्यक्षता सम्पन्न कार्यक्रममा शिक्षक बिशोर कार्की अनि शरद रावतले सञ्चालन गरेका थिए भने यस विदाई समारोहमा विद्यालयका नानीहरुले सुन्दर गीत, नृत्यहरू प्रस्तुत गर्नको साथै कविताहरू पनि वाचन गरे।


आजको विदाई कार्यक्रममा विद्यालयका प्रधान अध्यापिका चन्द्रकला राई, भूतपूर्व शिक्षक केबी गिरी अनि सभा अध्याक्ष एनबी छेत्रीले आ-आफ्नो मन्तव्य राखे। कार्यक्रममा एसएम राई, रतन छेत्री, दिलीप शर्मा, समल कार्की, कमल छेत्री, एडवर्ट लेप्चा, रणजीत शर्मालगायत विद्यालयका शिक्षक शिक्षिकाहरूको उपस्थिति गरेको थियो। यस वर्षको 12 श्रेणीका छात्र-छात्राहरुलाई पनि विदाई दिँदै कार्यक्रम समाप्त गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *