अवस्था थापा नेपालको राष्ट्रिय चलचित्र पुरस्कार-द्वारा सम्मानित

खरसाङ: खरसाङको गाडीधुरा, अमृतबस्ती निवासी जीवन थापा अनि रेगिना थापाकी सुपुत्री अवस्था थापालाई नेपालको राष्ट्रिय चलचित्र पुरस्कार-द्वारा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट सर्वोत्कृष्ट बाल अभिनयको निम्ति पुरस्कृत गरियो। अवस्था थापाले झमक घिमिरे-को जीवनीमा आधारित चलचित्र “जीवन काँडा की फुल” नामक चलचित्रमा वाल्यअवस्थाको झमक घिमिरेको अभिनय गरेकी थिइन्।


तिनले उक्त चलचित्रमा शारीरिक रुपले भिन्नै किसिमको बालिकाको रुपमा अभिनय गरेकी थिइन्। तिनलाई काठमाडौंमा आयोजित एउटा भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट उक्त पुरस्कार प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *