अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा दुईजना पक्राउ

सिलगढी : लकडाउन अवधि सिलगढी मेट्रोपोलिटन पुलिसको सबै थानाहरूद्वारा  लगातार अभियान चलाइरहेको छ। यसै क्रममा प्रधान नगर थाना पुलिसले अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा भिन्ना-भिन्नै ठाउँबाट दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। सिलगढीको वार्ड नम्बर 46 को असम रेल गेटबाट रमेश गजमेर नाम गरेको व्यक्तिलाई अनि वार्ड नम्बर 45 को  राम कृष्णापल्लीबाट धर्मराज उरावलाई पक्राउ गरेको बताइएको छ। यसको साथै पुलिसले दुवै व्यक्तिबाट धेरै मात्रामा रम-रक्सी जफत गरेको छ। आज दुई आरोपीलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *