औषधी व्यवसायीको हत्या गर्ने प्रयास एवम् छिनताई गरेकोमा 7 जना पक्राउ

रायगञ्ज : रायगञ्जमा औषधी व्यवसायी सुशान्त सरकारलाई गोली ठोकेर हत्या गर्ने प्रयास गरेको साथै छिनताई गरेको घटनामा पुलिसले 7 जना व्यक्तिलाई पक्राउ गरेको छ। रायगञ्ज पुलिसले आरोपीहरूबाट दुईवटा पिस्तोल, 6 राउण्ड जिउँदो कार्तुस, एउटा मोटरबाइकलगायत छिनताई गरेको 26 हजार रुपियाँ उद्धार गरेको छ। रायगञ्ज जिल्ला पुलिस सुपर सुमित कुमारले आज पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराए। यसको साथै उक्त घटनामा ती सातजनाबाहेक अन्य धेरैजना मानिस अनि केही औषधी व्यवसायी संलिप्त रहेकोले सन्देहको तालिकामा राखिएको तिनले बताए।


आरोपीहरूलाई आज रायगञ्ज अदालतमा पेश गरेर 4 दिनको पुलिस हिरासतमा लिएको छ। स्मरण रहोस्, गत 29 जनवरीको दिन रायगञ्ज थानाको नागर इलाकास्थित भाङ्गाबारी गाउँको हेमताबाद निवासी सुशान्त सरकार नामक औषधी व्यवसायीलाई गोली ठोकेर हत्या गर्ने प्रयास गर्नको साथै तिनीबाट केही नगद राशि छिनताई गरेको थियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *