औषधीको जीएसटीमा कटौती तथा अन्य मागलाई लिएर बेङ्गल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसनद्वारा प्रदर्शन

सिलगढी : औषधीको मूल्य कम्ती गरिनुपर्ने, औषधीमाथि लगाइएको जीएसटी हटाउनुपर्ने लगायत विविध मागलाई लिएर बेङ्गल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसनले आवाज उठाएको छ। बेङ्गल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसनका सदस्यहरूले हातमा प्ला कार्ड बोकेर आज सिलगढीको हासमी चोकदेखि सेभोक रोडसम्म प्रदर्शन गरे। यस अवसरमा बेङ्गल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसनका सचिव विजय गुप्ता, सभापति अमिताभ साहा, कालिशङ्कर चक्रवर्ती लगायत अन्य उपस्थित थिए। एसोसिएसनका सचिव विजय गुप्ताले बताएअनुसार दबाईहरूमाथि 12 देखि 18 प्रतिशत जीएसटी थोप्नु अनैतिक कार्य रहेकोले केन्द्र सरकारले मानिसहरूको हितमा जीएसटीमा कटौती गर्नुपर्नेछ। यसको साथै अनलाइन लगायत छुटको माध्यमद्वारा बिक्री गरिरहेको औषधिको गुणस्तरलाई लिएर तिनले प्रश्न खडा गरेका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *