औषधीको मूल्य कम गर्नुपर्ने मागमा डीवाईएफआई-को विक्षोभ

सिलगढी : पेट्रोल-डीजल, ग्यास सिलेन्डरसँगसँगै औषधीको मूल्य पनि निक्कै बढेको छ। यसैले औषधीको अस्वाभाविक मूल्य वृद्धिको प्रतिवाद जनाउँदै आज डीवाईएफआई दार्जिलिङ जिल्ला कमिटीले सिलगढी जिल्ला अस्पताल अघि विक्षोभ प्रदर्शन गर्यो। संगठनका सदस्यहरूले आज हातमा प्ला कार्ड बोकेर जिल्ला अस्पताल अघि विक्षोभ प्रदर्शन गर्दै केन्द्र सरकारले चाँडै औषधीको मूल्य कम गर्नुपर्ने माग पनि गरे। औषधीको मूल्य कम्ती नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनीहरूले चेताउनी पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *