औषधीको मूल्य वृद्धि लगायत विविध मागलाई लिएर सिलगढीमा र्‍याली

सिलगढी : दबाईको मूल्य वृद्धि लगायत 9 सूत्रीय मागलाई लिएर आज वेस्ट बेङ्गल मेडिकल एन्ड सेल्स रिप्रेजेन्टटेटिभ युनियनको तर्फबाट आज एउटा र्‍याली निकालिइयो। दबाईको मूल्य वृद्धि, दबाईको कालो बजारको विरोधमा आज सिलगढीको कञ्चनजङ्घा स्टेडियमबाट एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त र्‍यालीमा विज्ञान मञ्चका सदस्य, कलेजका विद्यार्थीहरू लगायत जन आन्दोलनसित संलग्न मानिसहरू उपस्थित थिए। यस सम्बन्धमा संगठनका सचिव अमित शङ्कर रायले भने, गत सात दिनदेखि साधारण मानिसहरूको स्वार्थको लागि आफूहरूद्वारा उक्त कार्यसूची पालन गरिरहेको छ। जीवनदायी औषधीको दाम प्रायःजसो बढ्दै गइरहेकोले यसको विरोधमा आफूहरूले आन्दोलन गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *