आवश्यकमन्दहरूलाई कम्बल अनि खाद्य वितरण

सिलगढी : सिलगढीका केही युवाहरू आवश्यकमन्दहरूलाई सहायता गर्नको लागि अघि आएका छन्। जाडोको समयमा घरविहीन कतिपय मानिसहरू खुल्ला ठाउँमा जाडोमा कक्रिदै रात बिताउन बाध्य भएकोले गर्दा केही युवकहरूले आवश्यकमन्द मानिसहरूलाई कम्बल अनि बिस्कुट वितरण गरे। सिलगढीका रजनीश कुमार, बिकी गुप्ता र गोपाल साहाले सिलगढी जङ्क्शन रेलवे स्टेशन, एनजेपी स्टेशन र सिलगढीका धेरै ठाउँहरूमा बसेका घरविहीन आवश्यकमन्द मानिसहरूलाई कम्बल अनि खाद्य सामाग्री वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *