एउटै नम्बरको दुईवटा वाहन फेला परेपछि पुलिसद्वारा जाँच शुरू

सिलगढी : सिलगढी जङ्क्सन बस स्ट्यान्डको विपरीत एउटा खाली ठाउँमा केही दिनदेखि धेरैवटा वाहनहरू राखिएको छ भने स्थानीय मानिसहरूले एउटै नम्बर ‘WB 74P 6439 भएको दुईवटा वाहन देखेपछि यसबारे प्रधाननगर थानालाई खबर दिए। यसपछि प्रधाननगर थाना पुलिसले घटनास्थलमा पुगेर आज उक्त दुईवटा वाहनलाई थानामा लगेको बताइएको छ। उक्त वाहन कसको हो अनि कहाँबाट यहाँ ल्याइयो भन्नेबारे हालसम्म थाहा नलागेकोले पुलिसले यसबारे छानबीन शुरू गरेको छ। स्थानीय मानिसहरूको आरोपअनुसार धेरै दिनदेखि सिलगढी जङ्क्सनको विपरीतमा रहेको खाली ठाउँमा यी वाहनहरू राखिएको साथै उक्त वाहनमा मदपान गर्ने गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *