अयोध्या सँगसँगै कुचबिहारको राम मन्दिरमा प्राण प्रतिष्ठा

कुचबिहार:  अयोध्यामा राम मन्दिरको उद्घाटनलाई केन्द्र गरेर देशभरिमै उत्साहको माहौल छाएको छ। अयोध्या राम मन्दिर सँगसँगै यता कुचबिहार 2 नम्बर ब्लकको छडारकुटी इलाकामा आज राम मन्दिरको उद्घाटन गरियो। केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रामाणिकले आज उक्त मन्दिरको उद्घाटन गरे। कुचबिहारको उक्त राम मन्दिरको उद्घाटन कार्यक्रममा धेरै संख्यामा मानिसहरू उपस्थित थिए।


रीति-रिवाज अनुसार मन्दिरमा पुजा अर्चना गरेपछि केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रामाणिकले मन्दिरको प्राण प्रतिष्ठा गरे। यस अवसरमा निशिथ प्रामाणिकले भने, आज देशभरिमै उत्सव माहौल छाएको छ। यसै क्रममा आज कुचबिहारको राम मन्दिरमा पनि प्राण प्रतिष्ठा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *