बार पब-ले गर्दा माहौल खराब भइरहेको आरोप, भाजपाले पुलिसलाई सुम्पियो ज्ञापन

सिलगढी (निसं): सिलगढीको सेभोक रोडको शान्तिपूर्ण माहौल खराब भइरहेको छ। बार अनि पब-को कारणले गर्दा हाल दिन-रात मारपीट अनि झै-झमेला बढिरहेको छ। यसले गर्दा कानून व्यवस्था समेत बिग्रीरहेको छ तर पुलिस मौन रहेको बताउँदै आज भाजपा 8 नम्बर मण्डलको तर्फबाट नगर निगमका विरोधी दल नेता अमित जैनले सिलगढी भक्तिनगर थानाका आईसीसित भेटघाट गरे। यसको साथै यस विषयमा ध्यान दिने एवं असामाजिक तत्वहरूमाथि कार्वाही गरिनु पर्ने मांग गर्दै एउटा ज्ञापन पनि सुम्पिएको छ। यस विषयमा नगर निगमका विरोधी दल नेता एवं भाजपा पार्षद अमित जैनले भने, सेभोक रोडमा पब अनि बार-को कारणले गर्दा माहौल खराब भइरहेको छ। यसको विरूद्ध कार्वाही गरिनु पर्ने मांग गर्दै आज भक्तिनगर थानाका आईसीलाई ज्ञापन सुम्पिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *