बाटोको सर-सफाई तथा मरम्मती

सुकेपोखरी : राइजिङ स्टार सोसियल युथ क्लब नागरी फार्म चउर गाउँले आज गाउँको सड़क मार्ग सर-सफाई गर्नको साथै यसको मरम्मती पनि गर्यो। उल्लेखनीय छ, नागरी र मगरजोङ लगायत यहाँ विभिन्न स्थानलाई जोड़ने उक्त बाटोको अवस्था वर्षाको कारणले गर्दा खराब हुनको साथै ठाउँ-ठाउँमा हिलो जमेकोले यातायात गर्नमा मानिसहरूलाई धेरै समस्या भइरहेको थियो। यसैले गर्दा आज क्लबको तर्फबाट उक्त बाटोको मरम्मती तथा सर-सफाई गरिइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *