बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

अलिपुरद्वार : बाबुको हत्या गरेको आरोपमा पुलिसले छोरालाई पक्राउ गरेको छ। उक्त घटनाले अलिपुरद्वार थाना अन्तर्गत पररपार तीन माइल इलाकामा शोकको लहर छाएको छ। मृतक बाबु 72 वर्षीय कृष्णा रवी दास र आरोपी छोरा गेना रवी दासको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार वृद्ध बाबु कृष्णा रवी दासले दैनिक मजदुरीको काम गर्ने गर्दथे। तिनको छोरा मानसिक रूपमा अस्वस्थ्य रहेकोले तिनी घरमै बस्दथे। आज बिहान बाबुसित छोराको विवाद हुँदा छोराले धारिलो दाउले प्रहार गर्दा घटनास्थलमै बाबुको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *