बाबुको किरिया कर्म गरेर रूढिवादी समाजमा परिवर्तनको बिगुल फुकेकी छन् छोरी स्मिता दर्जीले

मिरिक: आफ्नो बाबाको मृत्यु भएपछि तिनको किरिया कर्म आफ्नो छोरीले गरिरहेकी छन् । छोरीले बाबाको किरिया कर्म गरेको सम्भवत तराई क्षेत्रमा यो प्रथमपल्ट हो। प्राप्त जानकारी अनुसार पानीघट्टा बजार निवासी मणिकुमार दर्जीको केही दिन अघि मृत्यु भएको थियो। घरमा छोरा नभएपछि कन्या छोरी स्मिता दर्जीले आफ्नो बाबुको किरिया कर्म गरिरहेकी छन् । बाबु-आमाको निधन भएपछि केवल छोराले मात्र दाग बत्ती दिने अनि किरिया कर्म गर्ने हाम्रो समाजमा चलिआएको रूढी तथा अन्धो परम्परालाई स्मिताले उक्त कार्य गरेर समाजलाई नयाँ सन्देश दिँदै एउटा सामाजिक क्रान्ति पनि ल्याएकी छन् । यसवाहेक, स्मिता दर्जीले घरमा छोरी मात्र हुनेहरुको निम्ति प्रेरणा र मार्ग पनि प्रशस्त गरेकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *