बाबुको श्राद्धमा 150 जना आवश्यकमन्द मानिसहरूलाई कम्बल वितरण

राजगञ्ज : बाबुको श्राद्धको दिन दुईजना छोराले लगभग 150 जना आवश्यकमन्द मानिसहरूलाई कम्बल वितरण गरे। यसको साथै ती आवश्यकमन्द मानिसहरूको लागि खानेकुरोको पनि व्यवस्था गरिएको थियो। गत 10 नोभेम्बरमा राजगञ्जको भुटकीहाट इलाका निवासी व्यवसायी विनय विश्वासको मृत्यु भएको थियो। तिनी इलाकाका परिचित समाजसेवी थिए। आज तिनको श्राद्धको अवसरमा तिनका दुईजना छोरा देवव्रत विश्वास र सुब्रत विश्वासले आवश्यकमन्द मानिसहरूलाई कम्बल वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *