बाबुले रुपियाँको हिसाब माग्दा घर छोडे छोराले  

सिलगढी : बाबुले आफ्ना छोरालाई रुपियाँको हिसाब माग्दा रिसाएर छोराले घर छोडेको घटना प्रकाशमा आएको छ। घटनाको 24 घण्टा बितिसक्दा पनि छोरा घर फर्किनआएपछि बाबुले प्रधान नगर थानामा छोरा निखोज भएकोबारे एउटा अभियोग दर्ता गरेको छ। उक्त घटना सिलगढी नगरनिगमको वार्ड नम्बर 3 को साउथ बाघाजतिन कोलनीको हो। बाबु दिलीप कुमार गुप्ताले हिजो छोरा गौरवलाई घरको आलमारीमा राखेको 3 हजार रुपियाँको हिसाब मागे। त्यस समय गौरवले आफ्ना बाबुलाई रुपियाँ लिएर आउँदैछु भने तापनि तिनी निखोज भएको बताइएको छ।


यसपछि गौरवको बाबुले आज प्रधान नगर थानामा छोरा निखोज भएकोबारे एउटा अभियोग दर्ता गरे। अर्कोतिर, बाबु दिलीप कुमारले सिलगढी सहरवासीलाई तिनको छोरालाई खोज्नमा सहयोग गर्ने अपील गरेका छन्। यदि कसैले तिनको छोरालाई देखेको खण्डमा 9474392075/9134887527 नम्बरमा सम्पर्क गर्ने अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *