बाबुपाडा बोइज क्लब मैदानमा सर्ट पिच क्रिकेट टुर्नामेन्टको आयोजना

सिलगढी : बाबुपाडा बोइज क्लब तथा 26 नम्बर वार्ड तृणमूल कङ्ग्रेसको संयुक्त पहलमा शार्ट पिच क्रिकेट टुर्नामेन्टको आयोजना गरियो। सिलगढीको बाबुपाड़ा बोइज क्लब परिसरमा आज सर्ट पिच क्रिकेट टुर्नामेन्टको आयोजना गरियो।  वार्ड पार्षद सिकता दे बसु रायले यस टुर्नामेन्टको उद्घाटन गरे। उक्त क्रिकेट टुर्नामेन्टमा मोठ 18 वटा टोलीले अंश ग्रहण गरेको छ भने टुर्नामेन्टमा विजयी टोलीलाई नगद 20,000 रुपियाँ र उपविजेता टोलीलाई नगद 15,000 रुपियाँ पुरस्कार स्वरूप प्रदान गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *