बदामतामको 30 विपन्न परिवारलाई गोरायुमो-द्वारा खाद्य सामग्रीहरू वितरण

दार्जिलिङ: गोर्खा राष्ट्रिय युवा मोर्चाले गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा आफ्नो सामाजिक सेवा अभियानलाई जारी राख्दै दार्जिलिङको लेबोङ भेल्ली समष्टि अन्तर्गत बदामताम शाखामा 30  विपन्न परिवारहरुलाई राहत स्वरुप खाद्य सामग्रीहरू वितरण गरियो।  पार्टी सूत्रले दिएको जानकारी अनुसार गोर्खा राष्ट्रिय युवा मोर्चा खरसाङ ब्राञ्च कमिटी अध्यक्ष संजोक गुरुङको नेतृत्वमा घुम जोरबङ्लो समष्टिका युवा मोर्चा अध्यक्ष विशाल तामाङ, प्रवेश थापा, दिपु मुखिया, सागर राई र बदामताम शाखाका उपाध्यक्ष अजय मुखियाको टोलीले बदामताम शाखा भ्रमण गरेर पार्टीका युवा सदस्यहरुबाट आर्थिक संकलन गरेर खाद्य सामग्री वितरण गरेको बताइएको छ। बदामताम शाखा साथै स्थानीय वासिन्दाहरुको तर्फबाट रिना राईले युवा मोर्चाका सदस्यहरूलाई आभार व्यक्त गर्दै धन्यवाद दिएकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *