बाँदर पक्रिन वन विभागले थाप्यो सिलगढ़ीको सुकान्तपल्लीमा पिञ्जरा

सिलगढ़ी: सिलगढ़ी नगर निगमको 32 नम्बर वार्डको सुकान्तपल्लीका मानिसहरू हाल बाँदरको उत्पातले वाक्कै-दिक्कै भइसकेका छन्। बाँदरको उत्पातबारे स्थानीय मानिसहरूले थुप्रैपल्ट नगर निगम तथा वन विभागलाई जानकारी दिए तापनि यसले कुनै पाइदा नभएको तिनीहरूको आरोप रहेको छ। यसपछि आज बाध्य भएर ईलाकाका वासिन्दाहरूले रवीन्द्रनगर वन विभाग कार्यालयमा एउटा ज्ञापन सुम्पिए। तथापि यसभन्दा अगावै वनकर्मीहरू 32 नम्बर वार्डको सुकान्तपल्ली इलाकामा पुगेर बाँदरहरूलाई पक्रिनको लागि त्यहाँ एउटा पिञ्जरा लगाइएको छ। यस सम्बन्धमा वार्ड पार्षद तापस च्याटर्जीले बताए अनुसार सुकान्तपल्लीमा बाँदरको उत्पातले गर्दा त्यहाँका मानिसहरू आतङ्कित छन्। यसैले गर्दा आज यसबारे वन विभागलाई ज्ञापन सुम्पिएको छ। तथापि यसभन्दा अगावै वनकर्मीहरूले इलाकामा गएर  बाँदरहरू पक्रिनुको लागि पिञ्जरा लगाइएको तिनले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *