बाघडुग्रा, 26 मार्च (निसं): दुई वटा बाइक आपस्तमा ठोक्किँदा 4 जना व्यक्ति घाइते भएका छन्। यो घटना बाघडुग्राको गोसाइपुर क्षेत्रमा भएको हो। जानकारी अनुसार, मंगलवार राति एउटा बाइक शिवमन्दिरबाट बाघडुग्रा तर्फ आइरहेको थियो। त्यही बेला पछाडि तीव्र गतिमा आइरहेको अर्को बाइकले धक्का दिँदा दुवै वटा बाइक पल्टियो। उक्त दुर्घटनामा दुईवटा बाइकमा सवार 4 जना गम्भीर घाइते भएका छन्।
घटनापछि बाघडुग्रा ट्राफिक पुलिसले घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरी बाघडुग्रा अस्पतालमा पठायो। बाघडुग्रा थानाको पुलिस टोलीले दुर्घटनाग्रस्त दुवै वटा बाइक जफत गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।