बाघडुग्रा राष्ट्रिय कङ्ग्रेस अनुमोदित श्रमिक संगठन आईएनटीयूसी-को स्थापना दिवस पालन

बाघडुग्रा, 10 जनवरी (निसं): जिल्ला ड्राइभर र हेल्पर्स युनियनले राष्ट्रिय कङ्ग्रेस अनुमोदित श्रमिक संगठन आईएनटीयूसीको 29औं स्थापना दिवस मनायो। आज बाघडुग्राको बिहार मोडमा स्थापना दिवस मनाइँदा दिवंगत पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो। यसको साथै पार्टीको झण्डा फहराइएर राष्ट्रिय गीत गाइएको थियो।
स्थापना दिवसको अवसरमा नक्सलबारी ब्लक कङ्ग्रेसका अध्यक्ष अमिताभ सरकारको हात समातेर धेरै मानिसहरू आईएनटीयूसी-मा सामेल भए। यस अवसरमा जिल्ला अध्यक्ष दिलीप दास, जिल्ला सचिव बगना सोम, नक्सलबारी ब्लक अध्यक्ष अमिताभ सरकारसहित अप्पर बाघडुग्रा ग्राम पञ्चायतका पूर्व प्रधान कञ्चन कुश्वा, बाघडुग्रा आईएनटीयूसी-का महासचिव सुनील गुरुङ, बादल सिंह, मोलाई भौमिक र संगठनका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *