बाघडुग्रा एयरपोर्ट ट्याक्सी एसोसिएसनद्वारा आजदेखि अनिश्चितकालीन हडताल शुरू

सिलगढी : बाघडुग्रा एयरपोर्ट ट्याक्सी एसोसिएसन  8 सूत्रीय मागलाई लिएर आजदेखि अनिश्चितकालीन हडतालमा बसेको छ। प्राप्त जानकारीअनुसार आज बिहानदेखि बाघडुग्रा विमानअड्डाको ट्याक्सी बन्द राखेर उक्त एसोसिएसनको तर्फबाट विक्षोभ प्रदर्शन गरियो। बाघडुग्रा एयरपोर्ट ट्याक्सी एसोसिएसनका सभापति सिराज भौमिकले बताएअनुसार गत नोभेम्बर 2019-देखि तिनीहरूले 8 सूत्रीय मागलाई आन्दोलन गरिरहेका छन्। तिनीहरूको मागहरूमध्ये लकडाउनको समयमा वाहनको ट्याक्समा छुट, वाहन भाडा वृद्धि लगायत अन्य सामेल छ।


तिनले अझ भने, एसोसिएसनको विभिन्न मागहरूबारे उच्च पदस्थ अधिकारीहरूलाई अवगत गराए तापनि हालसम्म कुनै पहल नगरेकोले गर्दा नै आजदेखि अनिश्चितकालीन हडतालमा बसेको तिनले बताए। अनिश्चिकालीन हडतालले गर्दा विमान यात्री लगायत स्थानीय मानिसहरू समस्यामा परेका छन्। बाघडुग्रा विमानअड्डाका डाइरेक्टर सुब्रमनियम पी-ले बताएअनुसार ट्याक्सी एसोसिएसनद्वारा बोलाएको अनिश्चितकालीन हडतालले गर्दा यात्रीहरूले निक्कै असुविधाको सामना गर्न परे तापनि राज्य सरकारको तर्फबाट एनबीएसटीसी बस परिसेवा शुरू गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *