बाघडुग्रा अञ्चल कङ्ग्रेसको पहलमा राजीव गाँधी ग्रामीण फुटबल टुर्नामेन्टको उद्घाटन

बाघडुग्रा : बाघडुग्रा अञ्चल कङ्ग्रेसको पहलमा राजीव गाँधी ग्रामीण फुटबल टुर्नामेन्टको आज उद्घाटन गरियो। 15 दिने उक्त फुटबल टुर्नामेन्टमा मोठ 16 वटा दलले अंश ग्रहण गरेको छ। बाघडुग्राको यो ऐतिहासिक फुटबल टुर्नामेन्टले यस वर्ष 9औँ वर्षमा पाइला टेकेको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा दार्जिलिङ जिल्ला कङ्ग्रेस सभापति शङ्कर मालाकार, कङ्ग्रेसको नक्सलबारी ब्लक सभापति अमिताभ सरकार, बाघडुग्रा थानाका ओसी निर्मल कुमार दास लगायत अन्य उपस्थित थिए। यस अवसरमा नक्सलबारी ब्लक कङ्ग्रेस सभापति अमिताभ सरकारले भने, आजदेखि राजीव गाँधी ग्रामीण  फुटबल टुर्नामेन्ट शुरू भएको छ। आगामी 18 दिसम्बरमा फाइनल खेल सम्पन्न हुनेछ। टुर्नामेन्टमा विजयी टोलीलाई आकर्षक ट्रफी सहित नगद 30 हजार रुपियाँ अनि उपविजेता टोलीलाई ट्रफी सहित 20 हजार रुपियाँ नगद राशि प्रदान गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *