बाघडुग्रा एशियन हाइवे सडक दुर्घटनामा 2 जना विद्यार्थी गम्भीर घाइते

बाघडुग्रा (निसं): बाघडुग्रा कलेज संलग्न एशियन हाइवे-2 मा सडक दुर्घटनामा कलेजका 2 जना विद्यार्थी गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार बाघडुग्रा कलेज संलग्न एशियन हाइवे-2 मा एउटा वाहनको साइडबाट गइरहेको समय अनियन्त्रित भएर बाइक सडकको डिभाइडरमा सोझै ठोक्कियो। उक्त दुर्घटनामा बाइकमा सवार 2 जना कलेजका विद्यार्थीहरू गम्भीर रूपमा घाइते भएका छन्। घटना पछि स्थानीय मानिसहरू अनि बाघडुग्रा पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेपछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिए। घाइतेहरूको हालत गम्भीर रहेको बताइएको छ। उक्त घटना पछि इलाकामा केही समयसम्म जामको समस्या देखा पऱ्यो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *