बाघडुग्रा अस्पतालमा रोगी तथा तिनका परिवारहरूलाई फल र खानेकुरो वितरण

बाघडुग्रा : भारतीय जनता पार्टीको स्थापना दिवस गत 6 अप्रेलदेखि शुरू भएर आगामी 14 अप्रेल बीआर अम्बेदकरको जन्मदिनसम्म देशभरिमै भाजपा-को तर्फबाट सेवा सप्ताह पालन गरिरहेको छ। यसै क्रममा आज सिलगढी सांगठनिक जिल्ला भाजपा महिला मोर्चाको तर्फबाट बाघडुग्रा अस्पतालमा रोगी, रोगीको परिवार तथा आवश्यकमन्द मानिसहरूलाई फल अनि खानेकुरो वितरण गरियो। यस अवसरमा भाजपा महिला मोर्चाका सभानेत्री शिखा मित्र लगायत भाजपाका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। यस विषयमा शिखा मित्रले बताएअनुसार सेवा सप्ताहको तृतीय दिन आज बाघडुग्रा अस्पतालमा उपचाराधीन रोगीहरूलाई फल तथा खानेकुरो प्रदान गरियो। यसको साथै सेवा सप्ताह अवधि मानिसहरूले पिउने पानी पाएका छन् अथवा छैनन्, आवास योजनामार्फत् कस्तो घर निर्माण गरिएको छ भन्ने विषयमा निरीक्षण गरिने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *