बाघडुग्रा बालिका विद्यालयको रजत जयन्ती पालन

नक्सलबारी : बाघडुग्रा बालिका विद्यालयको 25औँ स्थापना दिवस अथवा रजत जयन्ती आज भव्य रूपमा पालन गरियो। उक्त कार्यक्रमको महकुमा परिषदकी सदस्या शर्मिष्ठ चन्द्रले विधिवत् रूपमा उद्घाटन गरिन्। स्कुलको रजत जयन्तीको अवसरमा विविध रङ्गरङ्ग कार्यक्रमहरूको आयोजना गरिएको विद्यालयका प्रधान अध्यापक स्मृति रायले बताइन्। कार्यक्रममा नक्सलबारीका बीडीओ बापी धर, जिल्ला विद्यालय निरीक्षक राजीव प्रमाणिक, जयन्त भट्टाचार्यलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *