बाघडुग्रा बालिका विद्यालयमा भाजपा-तृणमूलमाझ झड़प, तनाउको माहौल सृष्टि  

सिलगढी : दुईजना मतदातालाई लिएर भाजपाको पोलिङ एजेन्ट र तृणमूल उम्मेद्वार उज्जवल शर्माबीच विवाद तथा कुटपीटको घटनालाई लिएर बाघडुग्रा बालिका विद्यालयको मतदान केन्द्रमा तनाउको माहौल देखापर्यो। उक्त घटनामा भाजपाका पोलिङ एजेन्ट सिद्धार्थ थापा घाइते भएका छन्। घटनाको खबर पाएर बाघडुग्रा पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रित  गर्यो। तृणमूल कङ्ग्रेस दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोष र भाजपा जिल्लाध्यक्ष तथा मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन घटनास्थलमा पुगे। भाजपाको पोलिङ एजेन्टलाई कुटपीट गर्नको साथै मतदाताहरूलाई प्रभावित गरेको भाजपाको आरोप रहेको छ। विधायक आनन्दमय बर्मनले भने, बाघडुग्रामा तृणमूलको हार निश्चित रहेको थाहा पाएर भाजपा कार्यकर्ताहरूमाथि हमला गरिरहेको छ। पुलिस प्रशासनले उक्त घटनामा सामेल मानिसहरूलाई चाँडै पक्राउ गरिनुपर्ने तिनले माग पनि गरे। अर्कोतिर, तृणमूल जिल्ला सभानेत्री पापिया घोषले भाजपाले लगाएको सबै आरोपहरू झुटो रहेको दावी गरिन्। तिनले भनिन्, चुनाउ अवधि भाजपाले तनाउ सृष्टि गर्ने प्रयास गरिरहेको छ। चुनाउमा पराजित हुने थाहा पाएर भाजपा कार्यकर्ताहरूले यस प्रकारको कार्य गरेर अशान्तिको माहौल सृष्टि गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *