बाघडुग्राबाट करोडौँ रुपियाँको ब्राउन सुगर सहित एकजना पक्राउ

सिलगढी: स्पेशल अपरेशन ग्रुप (एसओजी) र बाघडुग्रा थाना पुलिसले संयुक्त अभियान चलाएर करोडौँ रुपियाँको ब्राउन सुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति बिहार निवासी चन्दन कुमारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एसओजी र बाघडुग्रा थाना पुलिसले गोप्य सूचनाको आधारमा बाघडुग्रा एयरपोर्ट संलग्न आर्मी क्याम्प नजिक कोलकाता रोडमा संयुक्त अभियान चलाएर लगभग 2 किलो 300 ग्राम ब्राउन सुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ।


पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी चन्दन कुमार बिहार नम्बरको एउटा स्किर्पियो वाहनमा मालदाबाट लगभग 2 किलो 300 ग्राम ब्राउन सुगर लिएर सिलगढी तस्करी गर्नको लागि आइपुगेका थिए। उक्त वाहनलाई रोकेर छानबीन गर्दा वाहनको डिक्कीमा राखिएको एउटा ब्यागबाट ब्राउन सुगरको तीनवटा प्याकेट उद्धार गरेको छ भने जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य करोड़ौँ रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *