बाघडुग्रा विमानअड्डाबाट पक्रा परेका दुई चिनियाँ नागरिक 13 दिनको पुलिस हिरासतमा  

सिलगढी : बाघडुग्रा हवाई अड्डाबाट हिजो पक्राउ गरेको दुईजना चिनियाँ नागरिकलाई आज सिलगढी अदालतमा पेश गरेपछि 13 दिनको पुलिस रिमान्डमा पठाएको छ। सरकारी वकील सुदीप राय बासुनियाले बताएअनुसार बाघडुग्रा हवाईअड्डाबाट हिजो दुईजना चिनियाँ नागरिक जाङ जुङ र काई लेङलाई सीआईएसफका जवानहरूले पक्राउ गरेपछि बाघडुग्रा पुलिसलाई सुम्पिदिएको थियो। पुलिसले जाँचपछि दुवैलाई विभन्न धाराअन्तर्गत मामिला दर्ता गरेर अग्रिम कार्वाही शुरू गर्नको साथै आज ती दुई चिनियाँ नागरिकलाई सिलगढी एसीजेएम अदालतमा पेश गरियो। दुवै पक्षको दलील सुनेपछि न्यायाधीशले ती दुईलाई 13 दिनको पुलिस रिमान्डमा राख्ने निर्देश दिएको छ। अर्कोतिर, दुई चिनियाँ नागरिका वकील ज्ञानेन्द्र देवानले बताएअनुसार ती दुईजना तिरुपतिको एउटा होटलमा काम गर्दै आइरहेका थिए भने कोरोना महामारीले गर्दा काम बन्द भएको थियो। यसपछि हिजो ती दुईजना बाघडुग्रा हवाईअड्डाबाट हैदराबाद हुँदै तिरुपति जाने क्रममा सीआईएसएफले तिनीहरूलाई पक्राउ गरेको तिनले बताए। यसको साथै कोरोनाले गर्दा ती दुवैको भिजाको मियाद समाप्त भएको अनि दुवैको परिवारका सदस्यहरूले चाँडै सबै आवश्यक कागजपत्रसहित सिलगढी आइपुग्ने तिनले बताए। यसपछि उक्त कागजपत्र कोर्टमा पेश गरेर तिनीहरू निर्दोष रहेको प्रमाणित गरिदिने तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *