बाघडुग्रा विमानअड्डाबाट बङ्ग्लादेशी नागरिकको सन्देहमा 2 जना युवक पक्राउ

बाघडुग्रा : ब्याङ्कक जान अगावै बाघडुग्रा विमानअड्डाबाट बङ्ग्लादेशी नागरिक रहेको सन्देहमा 2 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका 2 जना युवकको कागजपत्रमा कुनै मेलमिलाप नभएकाले विमानअड्डा कर्तृपक्षले तिनीहरूसित सोधखोज गरेपछि बाघडुग्रा पुलिसलाई सुम्पिदिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार कागजपत्र अनुसार पक्रा परेकाहरूमा एकजना जलपाईगढी र अन्य एकजना सिङ्गुर निवासी हुन्। पुलिसले तिनीहरूबाट धेरै आवश्यक कागजपत्र उद्धार गरेपछि जाँचको लागि पठाएको बताइएको छ। पक्रा परेकारहरूलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *