बाघडुग्रा विमानअड्डाबाट पिस्तोल सहित व्यक्ति पक्राउ

सिलगढी : सिलगढी महकुमा परिषद् चुनाउको दिन बाघडुग्रा विमानअड्डाबाट अवैध देशी पिस्तोल सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति कटिहार निवासी मोहम्मद राहानुद्दीनको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार मोहम्मद राहानुद्दीन उपचारको लागि चेन्नई जानको लागि बाघडुग्रा विमानअड्डामा पुगेका थिए भने सीआईएसएफले पिस्तोल सहित तिनलाई पक्राउ गरेको बताइएको छ। सीआईएसएफले पक्रा परेका व्यक्तिलाई बाघडुग्रा पुलिसलाई सुम्पिदिए। पिस्तोल बोकेर किन उक्त व्यक्ति बाघडुग्रा विमानअड्डा पुगेका थिए भन्ने विषयलाई लिएर पुलिसले छानबीन शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *