बाघडुग्रा विमानअड्डाको विकासको निम्ति बैठक

सिलगढी : बाघडुग्रा विमानअड्डाको एयरपोर्ट एडभाइजरी कमिटीको बैठक बाघडुग्रामा सम्पन्न भयो। यस अवसरमा एडभाइजरी कमिटीका चेयरम्यान सांसद राजु विष्ट, क्षेत्रीय विधायक शङ्कर मालाकार, एयरपोर्ट डाइरेक्टर  सुब्रामण्यम पी लगायत एडभाइजरी कमिटीका अन्य सदस्यहरू उपस्थित थिए। बैठकमा बाघडुग्रा हवाईअड्डामा विमानमार्फत् यात्रा गर्ने यात्रुहरूको विविध असुविधाहरू साथै पर्यटक अनि ट्राफिक व्यवस्था आदि विषयलाई लिएर चर्चा परिचर्चा गरियो। दिनहुँ यात्रीहरूको संख्यामा बढोत्तरी भइरहेको विषयलाई ध्यानमा राख्दै बाघडुग्रा विमानअड्डाको सीमित ठाउँहरूमा कतिपय विकासमूलक कार्य गरिनेबारे एयरपोर्ट अधिकारीहरूले स्वीकृति दिइसकेको एयरपोर्ट डाइरेक्टर सुब्रमण्यमले बताए।

अन्तर्राष्ट्रिय स्तरको परिसेवाहरू यस विमानअड्डामा कार्यान्वित गर्नको लागि 1 सय 5 ऐकर जमिन उपलब्ध गराउनुपर्ने भएकोले यसको लागि राज्य सरकारले सहयोग गर्नुपर्ने तिनले बताए। यात्रुहरूको असुविधा तथा उत्तरबंगाल क्षेत्रको विकासको लागि राज्य सरकारले यसबारे चाँडै पहल गर्ने छ भन्ने तिनले आशा व्यक्त गरे। यसको साथै हाल विश्वको धेरैजसो देशहरूमा फैलिरहेको कोरोना भाइरसलाई लिएर बाघडुग्रा विमानअड्डामा के-कस्तो पदक्षेप लिएको छ भन्नेबारेमा पनि चर्चा गरेको बताइएको छ। भविष्यमा चाँडै यी विविध समस्याहरूको समाधान हुने साथै बाघडुग्रा विमानअड्डाको विकास गरेर लैजाने सांसद राजु विष्टले बताएका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştarafbetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetbetsalvador girişgameofbetbetsalvadorpalacebetbetgit girişpalacaebetbetgitgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetsalvadorcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes