बाघडुग्रा विमानअड्डाको रनवेमा समस्या देखापरेपछि विमान परिसेवा केही घण्टाको निम्ति रद्द

बाघडुग्रा :  बाघडुग्रा विमानअड्डाको रनवेमा आज बिहान फेरि समस्या देखापरेपछि विमान परिसेवा बन्द गरिएको छ। विमान परिसेवा बन्द भएपछि यात्रीहरूलाई निक्कै समस्या भइरहेको छ। प्राप्त जानकारीअनुसार आज बिहान पानी परेपछि बाघडुग्रा विमानअड्डाको रनवेमा केही समस्या देखापर्यो। आज बिहानै 4-5 वटा विमानले उडान भरेपछि त्यहाँको रनवेमा केही समस्या देखापरेकोले विमान परिसेवा केही समयको निम्ति रद्द गरिएको छ। चार घण्टाको लागि विमान परिसेवा रद्द गरेर यसको मरमतिको कार्य युद्ध स्तरमा भइरहेको सम्बन्धित सूत्रमार्फत् थाहा लागेको छ। स्मरण रहोस्, गत 15 मार्चमा पनि यहाँको रनवेमा केही समस्या देखापरेपछि विमान परिसेवाहरू रद्द गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *