बाघडुग्रा विमानअड्डालाई सफा राख्ने उद्देश्यले ट्याक्सी चालकलाई ट्र्यास ब्याग प्रदान

बाघडुग्रा : बाघडुग्रा विमानअड्डाका होयेटस फाउन्डेसन ट्याक्सी चालकहरूलाई ट्र्यास ब्याग प्रदान गरे। बाघडुग्रा विमानअड्डालाई सफा-सुग्घर राखाने उद्देश्य लिएर आज 500 जना ट्याक्सी चालकलाई ट्र्यास ब्याग प्रदान गरिएको बताइएको छ। संगठनका संस्थापक गौरव देवनाथले बताएअनुसार संगठनले सफा-सुग्घर र समाजको प्रगति गर्ने लक्ष्य राखेर कार्य गर्ने गरेकोले आज संगठनद्वारा उक्त पहल गरिएको हो। यसभन्दा अघि दार्जिलिङ ट्याक्सी स्ट्यान्ड लगायत सिक्किम, एनजेपीको विभिन्न ठाउँमा उक्त कार्यक्रम गरिएको तिनले बताए। ट्याक्सी चालकहरूले भने, आफूहरूले पनि बाघडुग्रा विमानअड्डालाई सफा राख्ने चाहेकोले उक्त ब्यागको माध्यमद्वारा निक्कै सहयोग पुग्नेछ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *