बाघडुग्रा विमानअड्डामा परिसेवा आजदेखि शुरू

बाघडुग्रा : बाघडुग्रा विमानअड्डाको रनवेको मरमति भएपछि आज 15 दिनपछि पुनः विमान परिसेवा शुरू भएको छ। बाघडुग्रा विमानअड्डामा आज बिहान 8 बजी पहिलो विमान ओर्लिएपछि विमानअड्डाका कर्तृपक्षले विमानमा सवार भएर आएका यात्रीहरूलाई पानीको फोहोराले साथै थप्पडी बजाएर स्वागत जनाए। बाघडुग्रा विमानअड्डामा आज दिनभरिमा 28 वटा विमान चलाचल गर्ने बताइएको छ।

स्मरण रहोस्, बाघडुग्रा हवाईअड्डाको रनवेमा मरमतिको कार्य चलिरहेकोले गर्दा गत 11 अप्रेलदेखि सबै विमान परिसेवा पूर्ण रूपले बन्द रहेको थियो। हिजो सोमबार नयाँ रनवेमा ट्रायल गरेपछि आजदेखि विमान परिसेवा पुनः शुरू भएको बाघडुग्रा विमानअड्डा कर्तृपक्षले जनाएको छ। नयाँ रनवे निक्कै राम्रो रहेको यात्रीहरूको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandpashabetroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes