बाघडुग्रा विमान परिसेवा आजदेखि 25 अप्रेलसम्म बन्द

सिलगढी: बाघडुग्रा विमानअड्डाको रनवेमा मरमतिको कार्य चलिरहेकोले गर्दा आजदेखि आगामी 25 अप्रेलसम्म विमान परिसेवा बन्द रहने भएको छ। गत 11 जनवरी वायुसेनाको दिल्ली कार्यालयबाट विमानबन्दर कर्तृपक्षलाई बाघडुग्रा विमानअड्डामा विमान परिसेवा बन्द राख्ने निर्देश दिएकोले गर्दा नै आज 11 अप्रेलदेखि आगामी 25 अप्रेलसम्म विमान परिसेवा बन्द रहने भएको छ। यस सम्बन्धमा विमानअड्डाका डाइरेक्टर सुब्रमणी पी-ले बताएअनुसार बाघडुग्रा विमानअड्डाको रनवेमा मरमति कार्य चलिरहेकोले गर्दा आगामी 25 अप्रेलसम्म विमान परिसेवा बन्द रहने भएको छ। यस अवधि रनवेको मरमति लगायत विभिन्न कार्य गरिने भएको छ। विमानअड्डामा रनवेको कार्य समाप्त भएपछि कुनै समस्या नहुने तिनले बताए। स्मरण रहोस्, केही दिन अघि तीनपल्ट बाघडुग्रा विमानअड्डाको रनवेमा समस्या देखापरेपछि विमान परिसेवा बन्द रहेकोले यात्रुहरूले निक्कै समस्याको सामना गर्न परेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *