बाघडुग्रा ब्राउन शुगर मामिलाको जाँच सुम्पियो डीडी-को हातमा

सिलगढी (निसं): बाघडुग्रा थाना सादा पोशाक पुलिसले ब्राउन शुगर मामिलाको जाँच डीडी-लाई सुम्पिदिएको छ। अब यस मामिलाको जाँच डीडी-ले गर्नेछ। स्मरण रहोस, गत 26 जुलाईको दिन गोप्य सूत्रको आधारमा एसओजी अनि बाघडुग्रा थानाको पुलिसले सादा पोशाकमा बाघडुग्रा एयरपोर्ट संलग्न इलाकामा मालदाबाट सिलगढीमा तस्करीको लागि ल्याइरहेको 2 किलो 37 ग्राम ब्राउन शुगर सहित चन्दन कुमार  नाम गरेका एकजना तस्करलाई पक्राउ गरेको थियो। जफत गरेको ब्राउन शुगरको बजार मूल्य लगभग 4 करोड़ रूपियाँ रहेको बताइएको थियो। यसपछि बाघडुग्रा पुलिसले आरोपी चन्दन कुमारलाई 7 दिनको पुलिस रिमाण्डमा लिएपछि तिनलाई डीडी-को हातमा सुम्पिदिएको थियो। यसपछि फेरि डीडी-ले आरोपीलाई सिलगढी अदालतमा पेश गरेर तीन दिनको लागि रिमाण्मा लिएको छ। पुलिस सूत्रले जनाए अनुसार डीडी-ले जाँच गर्नको लागि चन्दनलाई लिएर बिहार अनि मालदा जानेछ। तस्कर चन्दन कुमारको सहयोगमा अब डीडी-ले यस कालो कारोबारको नेटवर्कसम्म पुग्ने प्रयास गर्ने भएको छ।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *