बाघडुग्रामा कांग्रेसको मौन जुलूस

बाघडुग्रा: अञ्चल कांग्रेसद्वारा आज साँझ बाघडुग्रामा एउटा मौन जुलूस निकालिइयो। बाघडुग्रा अञ्चल कांग्रेसका नेतृत्वहरूले दिएको जानकारी अनुसार दिल्लीमा भएको घटनामा 50 जना निर्दोष मानिसहरूले ज्यान गुमाउन परेको विरोधमा उक्त मौन जुलूसको आयोजना गरिएको हो। उक्त जुलूसले बाघडुग्राको विभिन्न ठाउँहरूको परिक्रमा गऱ्यो। जुलूसमा बाघडुग्रा अञ्चल कांग्रेसका पदाधिकारीगण तथा सदस्यहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *