बाघडुग्राको विभिन्न ठाउँहरूमा मोठ 32 वटा सीसीटीभी क्यामारा जडान

बाघडुग्रा : सिलगढीपछि अब बाघडुग्राको विभिन्न ठाउँहरूमा मोठ 32 वटा सीसीटीभी क्यामारा जडान गरिएको छ। बाघडुग्राको महत्वपूर्ण मोडको रूपमा परिचित एयरपोर्ट मोड, बिहार मोड, हसपिटल रोड, स्टेसन मोड लगायत यहाँको विभिन्न इलाकाहरूमा सीसीटीभी क्यामारा जडान गरिएको छ। विशेष नजरदारी राख्ने उद्देश्य लिएर उक्त क्यामाराहरू जडान गरिएको बताइएको छ। बाघडुग्रा थानामा आज सीसीटीभी क्यामाराको उद्घाटन गरियो। यस अवसरमा व्यवसायी समिति तथा होटल एसोसिएसनका सदस्यहरू, पुलिस अधिकारीहरू उपस्थित थिए। आगामी दिनमा अन्य ठाउँहरूमा पनि सीसीटीभी क्यामारा जडान गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *