बाघडुग्राको दुईवटा दोकानमा चोरी

बाघडुग्रा : बाघडुग्राको बिहार मोड संलग्न रहेको दुईवटा दोकानमा आज बिहान चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार बाघडुग्राको बिहार मोड संलग्न रहेको दुईवटा दोकानबाट मोबाइल, इलेक्ट्रोनिक समान लगायत नगद रुपियाँ चोरी भएको बताइएको छ। उक्त दोकानमा जडान गरिएको सीसीटीभी क्यामारामा लगभग 8-10 जना दुष्कृतिहरूले दोकानमा चोरी गरेर चम्पट गरेको फुटेज कैद भएको छ। लगभग 10 लाख रुपियाँको चोरी भएको दोकानका मालिकहरूको भनाइ रहेको छ। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *