बाघडुग्राको गोसाईपुरमा वाहन दुर्घटनामा चालक घाइते

सिलगढी : बाघडुग्राको गोसाईपुर एसियन हाईवे 2-मा एउटा वाहन अनियन्त्रित भएर सडकको रेलिङमा धक्का दिँदा वाहन चालक घाइते भएका छन्। प्राप्त जानकारीअनुसार एउटा वाहन सिलगढीबाट नक्सबारीतर्फ गइरहेको समय बाघडुग्राको गोसाईपुर एसियन हाईवे 2-मा उक्त वाहनले सडकको रेलिङमा धक्का दिँदा वाहन क्षतिग्रस्त हुनको साथै चालक घाइते भएको बताइएको छ।


घटनापछि घाइते चालकलाई उद्धार गरेर बाघडुग्रा अस्पतालमा पठाइएको छ। बाघडुग्रा ट्राफिक गार्डले क्रेनको सहयोगमा उक्त वाहन उद्धार गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *