बाघडुग्राको हाँसखोवा चियाकमानको वार्टर रिजर्भरमा डुबेर मर्‍यो चितुवा

बाघडुग्रा : बाघडुग्राको हाँसखोवा चियाकमानको वार्टर रिजर्भरमा डुबेर एउटा चितुवा मरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार आज बिहान चियाकमानमा काम गरिरहेको समय चिया श्रमिकहरूले वार्टर रिजर्भरमा चितुवा देखेपछि बाघडुग्रा वन विभाग र बाघडुग्रा पुलिसलाई खबर दिए। घटनाको खबर पाएर बाघडुग्रा वन विभागका रेञ्जर समीरण राज आफ्नो टीमको साथमा घटनास्थलमा पुगेर रिजर्भरबाट मरेको चितुवा उद्धार गरेको बताइएको छ।


स्थानीय मानिसहरूले बताएअनुसार आज बिहान उक्त चितुवा वार्टर रिजर्भरबाट बाहिर निस्कने प्रयास गरे तापनि वार्टर रिजर्भर गहिरो रहेकोले बाहिर निस्कन नसकेपछि रिजर्भरमा डुबेर चितुवा मरेको हो। वन विभाग सूत्रले दिएको जानकारी अनुसार मरेको चितुवालाई उद्धार गरेर पोस्टमार्टमको लागि बेङ्गल सफारीमा पठाइनेछ। उक्त वार्टर रिजर्भरमा ढकनी नलगाएको विषयलाई लिएर प्रश्न चिन्ह खडा भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *