बाघडुग्राको जङ्गली बाबा मन्दिरमा हात्तीको ताण्डव, भाग्यले बाँचे पुजारीहरू

बाघडुग्रा : हात्तीको ताण्डवले बाघडुग्राको बेङडुबी वनाञ्चलको जङ्गली बाबा मन्दिर क्षतिग्रस्त बनेको छ भने उक्त मन्दिरका पुजारीहरू भाग्यले बाँचे। प्राप्त जानकारी अनुसार गत अबेर राति एउटा हात्तीको दलले मन्दिरमा प्रसादको लागि राखेको चामल, दाल लगायत अन्य खाद्य सामग्री राख्ने घरमा हमला चलाउँदा उक्त मन्दिरका पुजारीहरू त्यहाँबाट भाग्दा तिनीहरूलाई सामान्य चोट लागेको बताइएको छ। हात्तीको दलले मन्दिरमा राखेको खाद्य सामग्री सबै खाइदिनको साथै मन्दिरको ग्रिल, सिसा, टिभी लगायत अन्य सामग्रीहरू भत्काइदिएको छ। यस विषयमा मन्दिरका प्रमुख पुजारी महेन्द्र मालिकले भने, मुख्य मन्दिरको मूर्ति अक्षुण्ण रहेको छ। पहिला कहिल्यै पनि हात्तीले मन्दिरमा हमला गरेको थिएन। हात्तीले ताण्डव मच्चाएर मन्दिरको विभिन्न सर-समानहरू क्षतिग्रस्त पारिदिएको छ। वन विभागले मामिलाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.