बाघडुग्राको कमलपुर चियाकमानमा 9 फुट लामो अजिङ्गर उद्धार

बाघडुग्रा: बाघडुग्राको कमलपुर चियाकमानमा 9 फुट लामो अजिङ्गर उद्धार भएको छ। आज बिहान चाय श्रमिकहरू कमानमा चियापत्ती टिप्ने क्रममा उक्त अजिङ्गर देखे। यसपछि कमान प्रबन्धनले घटनाबारे वनविभागलाई खबर दिएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरेर लगेको बताइएको छ। उक्त अजिङ्गरको स्वास्थ्य जाँच गरेपछि घना जङ्गलमा छोडिदिने वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *